मुस्ताङमा च्याङग्रा बिक्रि घट्यो

मुस्ताङमा च्याङग्रा बिक्रि घट्यो

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

मुस्ताङ, कात्तिक १७ ।
मुस्ताङबाट यो बर्षको तीहारमा जम्मा पाँच हजार मात्रै च्याङग्रा बिक्रि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

दसँैमा भने २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो ।
मुस्ताङको सिमाना घासाबाट तिहार आसपासमा पाँच हजार च्याङ्ग्रा निर्यात भएको कार्यालयका खरिदार राजेन्द्र समान्तले जानकारी दिनुभयो ।

जिविसले भने जिल्लाबाट निर्यात हुने प्रतिच्याङ्ग्रा ७५ रुपैयाँका दरले कर सङ्कलन गर्दै आएको छ । च्याङग्राको उत्पादन बढेसँगै यसको मूल्य पनि घट्दै गएको छ ।

अघिल्लो बर्षको तिहारमा १० देखि १३ हजारको हाराहारीमा च्याङग्रा बिक्रीवितरण भएको थियो । मुस्ताङबाट बाहिरिने च्याङ्ग्रा बेनी, पोखरा, बाग्लुङ, कुश्मा, चितवन र काठमाडौंसम्म पुग्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी