पाल्पामा अर्गानिक कफी उत्पादन बढ्दै

पाल्पामा अर्गानिक कफी उत्पादन बढ्दै

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, १६ कार्तिक ।
अर्गानिक कफीको माग विदेशमा बढ्दै गएपछि पाल्पाका किसानले कफी खेतीको उत्पादन बढाउन थालेका छन् । पाल्पामा हालसम्म ७० समूहमा झण्डै २ हजार किसान कफी खेतीमा लागेका छन् ।

जिल्लाको बौघा पोखराथोक, मदनपोखरा, तानसेन नगरपालिकाको वडा नं ९, ज्यामिरे, सत्यवती लगायत ४० गाउँमा व्यवसायिक रुपमा कफी खेती हुँदै आएको छ ।

यसवर्ष उत्पादित कफी विदेश निर्यात गरेर करिब ४० लाख रुपैयाँ जिल्लामा भित्र्याउने व्यवसायीको लक्ष्य छ । कफी खेती गर्ने किसानलाई ढुवानी सुविधा, गबारो रोग नियन्त्रण र संकलन केन्द्रको स्थापनामा सहजता ल्याउनुपर्ने किसानको माग छ ।

कफी खेतीबाट पाल्पाका किसानले २५ हजारदेखि ३ लाखसम्म वार्षिक रुपमा आम्दानी गर्दै आएका छन् । पाल्पामा उत्पादित कफी थाइल्याण्ड, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलुकमा निर्यात हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी