महेशपुर भन्सार कार्यालयको राजस्व पहिलो चौमासिक अढाई करोड 

महेशपुर भन्सार कार्यालयको राजस्व पहिलो चौमासिक अढाई करोड 

  • सोमवार, कार्तिक १५, २०७३
  • रबिन्द्र यादव

  • 9.7K
    SHARES

 नवलपरासी , १५ कार्तिक । महेसपुरछोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७३÷०४ साउन महिनादेखि कार्तिक १३ गतेसम्म कुल २ करोड, ३७ लाख, ९४ हजार २ सय ७३रुपिया राजस्व संकलन गरेको छ ।

कार्यालयले श्रावण महिनााम ७२ लाख १९ हजार ६०२ रुपिया राजस्व संकलन भएको थियो भने भदांैमा ८१लाख ५० हजार, ६९०, असोजमा ७१ लाख २६ हजार ३१ र कार्तिक को १३ गतेसम्म २२ लाख ९७ हजार ९५० रुपिया राजस्व संकलन गरेको कार्यालयका नायब सुब्बा रेवतीराज गिरीले बताउनु भयो। राजस्व गत वर्षको तुल्नामा यसवर्ष २३ प्रतिशतले बृद्धि भएको छ ।

गत वर्ष नाकाबन्दीको कारणले ४ करोड १४ लाख ९८ हजार १ सय ८० रुपैया मात्र राजश्व उठेको थियो भने यस राजस्वको निरन्तर बृद्धिदरले करिब १० करोड रुपियाराजस्व उठने अनुमान रहेको नासु गिरीले बताउनु भयो ।भन्सार कार्यालयबाट विशेष गरि चामल, खाद्यान्न, कपडा लत्ता, कागज, भाँडाकुडा, फुटकर घरायसी सामान, हार्डवेयर, राँगा भैसी, र अस्थायी सवारी साधानको निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

महेसपुर भन्सार कार्यालय भैरहवा भन्सार कार्यालय अन्तर्गतको एक छोटी भन्सार कार्यालय भएपनि जिल्लाको मुख्य नाका हो । यस कार्यालय अन्तर्गतपनि भुजहवा, विसुनपुरा, झुल्नीपुर, त्रिवेणीलगायतका छोटी भन्सार कार्यालयहरु छन् । साना नाकाहरुबाट झिकाईने सामानहरुकोमहेसपुर भन्सार कार्याल्यबाट नै भन्सार काटिने गरिएको कार्यालयले जनाएको छ । फुटेज र बाईट छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी