तमोर जलाशययुक्त आयोजना छिट्टै अगाडि बढ्छ : प्रम

तमोर जलाशययुक्त आयोजना छिट्टै अगाडि बढ्छ : प्रम

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कार्तिक १३, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे सरकारको ध्यान गइसकेको बताउनु भएके छ ।

शनिबार एक नम्वर प्रदेश अन्तर्गत तमोर जलाशययुक्त आयोजना निर्माणका लागि ध्यानाकर्षण गराउन आएको तमोर जलाशययुक्त आयोजना सरोकार तथा समन्वय समितिका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री तमोर जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम छिटै अगाडि बढ्ने बताउनु भएको हो । भेटमा प्रधानमन्त्रीेले भन्नुभयो, ‘तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे सरकारको ध्यान गइसकेको छ । मैले उर्जा मन्त्रालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेको छु । यो आयोजना एक नम्वर प्रदेशकै गौरवको आयोजना हुन सक्छ । तपाईहरुले पनि आयोजना निर्माणका लागि वातावरण निर्माणमा सहयोग गर्नुहोला ।’
तमोरको सरोकार समितिको भेटपछि लिम्वुवान् स्वायत्त प्रदेशको माग गर्दै लिम्वु नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । भेटमा लिम्वुवानका प्रतिनिधिहरुले स्वायत्त लिम्वुवान प्रदेशको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्रीले ‘संविधान सभाको बनोटका कारण सबै अधिकार एकैचोटी पुरा गर्न नसकिएको भन्दै यसपटकको संविधान संशोधनले मधेशी, थारु र जनजातिका महत्वपूर्ण माग सम्बोधन गर्ने र बाँकी अधिकारका लागि संघर्ष गर्ने ढोका खुल्ला राख्ने’ बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी