टेलिकमद्धारा वाईम्याक्स सुविधा पचहतरै जिल्लामा विस्तार

टेलिकमद्धारा वाईम्याक्स सुविधा पचहतरै जिल्लामा विस्तार

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाण्डौं कार्तिक ११ । नेपाल टेलिकमले वाईम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।
मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्यक्स ९ध्ष्ःब्ह्० सेवाको पहुँच विस्तार गरिसकेकोमा २०७३ कात्तिक ७ गते देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको हो ।
नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशःबाँकि अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो ।
वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोर जी प्रविधिको इन्टरनेट सेवा हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी