कार्तिक ,११ काठमाण्डौं ।
प्रभु बैंक र बेलायती सहयोग युकेएड सक्षमबीच मनाङ, अछाम र रुकुमको दुर्गम क्षेत्रमा महिला तथा सिमान्तकृत र गरीब परिवारका सदस्यहरुको वित्तीय पहुच पुर्याउन साझेदारी गर्ने सहमति भएको छ ।
बैंक र सक्षमले मिलेर विपन्न समुदायको लागि पहुच पुर्याउन नया बैंकका शाखा तथा शाखा रहित सेवा सुचारु गर्ने सहमति गरेका हुन् ।
प्रभु बैैंकको केन्द्रीय कार्यलय अनामनगरमा आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मध्य तथा सुदुर पश्चिमका ५० प्रतिशत भन्दा बढी महिला तथा विपन्न वर्गको पहुचमा वित्तीय सेवा पुग्न नसकेको बेला यो सम्झौताले आधारभुत वित्तीय सेवाको पहुच वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सम्झौता अनुसार बैंकले मनाङको चामे, रुकुमको मुसीकोट र अछामको कमलाबजारमा तीन वटा नया शाखा खोल्ने छ । साथै बैंकले एटीएम तथा मोबाईल बैंकिङ सेवा पनि ती सबै जिल्लामा शुरु गर्ने छ ।
सम्झौताको मुख्य उदेश्य ग्रामिण क्षेत्रका स्थानीय समुदायलाई सेवा पुर्याउनु रहेको बैंकले जनाएको छ । यसै गरी बैंकले १५ वटा शाखा रहित सेवा प्रदान गर्ने जनाएको छ ।
यस्तो शाखा निर्माण गर्न युके एड सक्षमले प्राविधिक सहयोग पुर्याउने छ । प्रभु बैंक र सक्षमबीचको यो सम्झौताले राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले दुर्गम क्षेत्रका समुदायमा सुविधा पुर्याउन महत्वपूर्ण फाईदा पुग्ने बताउनु भयो ।