काठमान्डौ कात्तिक ११। केहि दीन यता नेपाल र चीनबीच सञ्चालनमा रहेको व्यापारिक नाका रसुवागढी दैनिक दुई घण्टा मात्र संचालनमा आएकोे छ ।
चीन तर्फका बिभिन्न भु–भागहरुमा पहिरो गएको कारण पहिरो पन्छाउन र सडकको मर्मत गर्न लागेकाले चिनले दैनिक दुई घण्टा मात्र नाका संचालनमा ल्याएकोे रसुवाका प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनु भयो ।
नेपाल तर्फ कुनैपनि अवरोध नभए पनि चिनियाँ भुभागका बिभिन्न स्थानमा बाटो मर्मत गरिरहेकाले अबको ३ महिना सम्म दैनिक दुई घण्टा मात्र नाका सुचारु हुने बताइएको छ ।
नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी चिनले आफ्नो तर्फ सडक मर्मत गर्नु पर्ने कारण देखाउदै कडाई गर्दा नेपालीहरुको चाड पर्वहरुका लागि आवश्यक सामाग्री ल्याउन लागेका व्यवसायीहरु थप मारमा परेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline