पाटा द्धारा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला गोष्ठी सम्पन्न

पाटा द्धारा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला गोष्ठी सम्पन्न

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

कठमाण्डौं कार्तिक १० । प्यासाफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन वोर्डमा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा होटल ब्यावसायी, एयरलायन्स, ट्राभल एजेन्सी, टुर अपरेटरर्स, मिडिया विद्यार्थीहरु र अन्य सरोकारवालाहरु गरी करिव १४५ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा पाटा नेपालले स्विजरल्याण्डका प्रतिष्ठित विज्ञ डानियल चुडी रहनु भएको थियो ।

विज्ञ चुडी हस्पिटालिटी क्षेत्रको विविध बिधामा बिशेष गरि साँस्कृतिक मुल्य, मान्यता र विविधता को बिषयमा चर्चित व्यक्ति हुन् ।

कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले पाटाले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियान अन्तरगत यो कार्यशाला गोष्ठी आयोजना गरेको बताउनु भयो ।
पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले पर्यटन ब्यवसाय एउटा विश्वब्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृति संगको अन्तरकृया र पारस्पारिक सम्बन्धले जोडिएको बिषय भएकाले यो कार्यशाला गोष्ठी नेपाली पर्यटन ब्यवसायी तथा सरोकारवालाहरुको लागि आवश्यक रहेको बताउनु भएको थियो ।
गोष्ठी विशेष रुपमा लामो दुरी नेतृत्व र विश्वव्यापी नेतृत्व गरी दुई वटा विधामा केन्द्रित रहेको थियो ।
कसरी अर्को पक्षले बुझ्नेगरी लिखित एवं मौखिक निर्देशनहरु उपयुक्त रुपमा सम्पे्रषण गर्ने ? कसरी अर्काको विश्वास जित्ने ? कुन बेला प्रोत्साहन गर्ने वा कुन बेला आलोचना गर्ने ?ईत्यादि कुराहरु समयसापेक्ष र साँस्कृतिक ब्यवहार पिच्छे फरक पर्ने जटिल कार्यलाई ब्यवस्थापन गर्ने बिषय मा गोष्टी केन्द्रीत रहेको थियो ।
यसै गरी विश्वभरीनै राष्ट्रिय तथा क्षेत्रियरुपमा भईरहेका राजनितिक, आर्थिक, धार्मिक, ईत्यादि क्षेत्रका संवेदनशिल मुद्धाहरु ब्यपार ब्यवस्थापनका लागि विश्वव्यापी चुनौति बनिरहेका बेला  नेतृत्वकर्ता एवं प्रबन्धकहरुलाई आगामि बर्षहरुमा के–कस्ता सिप र दक्षता आवश्यक हुनेछन ? विविधतापूर्ण बजारको आवश्यकता के हुनेछ ? बेचैन ग्राहकहरुको माग के हुनेछ ? ईत्यादि विषयहरुलाई सहभागी सक्षम अन्र्तक्रिया बनाईएको थियो ।
साँस्कृतिक विज्ञताको विकास, भर्चुअल सञ्चार कौशलता, यात्रा एवं गोष्ठी समय ब्यबस्थापन, राजनितिक रुपमा उचित ब्यबहार, ब्यक्तिगत जिवन सन्तुलन, लचकता एवं गतिशिलता, सहानुभूती र वाई तथा जेड् जेनेरेसन संगको आबद्धता ईत्यादि  “ विश्वव्यापी नेतृत्व” शीप विकासका महत्वपुर्ण बिषयहरु रहेको कार्यशाला गोष्ठीको निष्कर्ष रहयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी