लन्डनको लाहुरेसंग ज्योतीको रोमान्स

लन्डनको लाहुरेसंग ज्योतीको रोमान्स

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं ।

नेपाली लोकदोहरी क्षेत्रकी चर्चीत गायीका तथा मोडल ज्योती मगरले लन्डनको लाहुरेसंग रोमान्स गरेकी छिन ।

लन्डनबाट आएको लाहुरे आएसंगै ज्योती कहिले गोदाबरी त कहिले बिभिन्न झरनामा लाहुरे संगको रोमान्समा भुलेकि हुन । लन्डनबाट उनका लाहुरे कृष्ण रसाईली आए संगै गायीका ज्योतीलाई ‘गज्जव’को प्रेम–नसा लागेको छ ।

उनलाई कृष्णसंग कहिले रेस्टुरामा डिनर गरिरहेको त कहिले रोधीघरमा बसेर माया पिरतीमा भुलिरहेको अबस्थामा भेिटन थालिएको छ । तर यो दृश्य ज्योतीको रियल लाईफमा नभई रिल लाईफको रोमान्स हो ।

संचारकर्मी भानुभक्त आचार्यको शब्द र बसन्तराज गौतमको लयमा प्रबासमा रहेका गायक भीम लुहारको स्वर भरिएको लोकदोहरी गीत ‘मेरी दिलवाली’ गीतको भीडीयोेमा कृष्ण र ज्योतीको रोमान्सलाई दर्शकले देख्न पाउने भएका छन् । यो गितको म्युजिक भिडीयोलाई दशै अगाडी छायाकंन सम्पन्न भएको छ ।

म्युजिक भिडीयोलाई वजार प्रवद्र्धन गरेको देश परदेश म्युजिक प्रा.ली.ले दर्शकको रोजाईको भिडीयो वनेको दावी गरेको छ । एक समयका चर्चीत मोडल कृष्ण रसाईलीले यसै गीतको म्युजिक भिडीयोबाट नेपाली लोकदोहरी क्षेत्रमा पुनारागमन गरेका छन् ।

उनको पुरानगमनलाई नेपाली संगीत क्षेत्रमा चासोको विषयका रुपमा लिइएको छ । नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाका अनुसार यस गीतको म्युजिक भिडीयोमा निकै मेहनत गरिएको र भिडियो लाइ केही नयाँपन दिन खोजीएको छ ।

दीपावलीको अबसरमा मलेसियामा हुन लागेको देश परदेश बृहद सास्कृतिक कार्यक्रमको अबसरमा यो गीतको अडीयो भीडीयो सार्बजनिक गरीने देश परदेश म्युजीक प्रालीका मिडीया संयोजक अर्जुन काफ्लेले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी