प्रिया श्रेष्ठ र गणेश गुरुङको ”गोगन पानीमा” म्युजिक भिडियो बजारमा (भिडियोसहित)

प्रिया श्रेष्ठ र गणेश गुरुङको ”गोगन पानीमा” म्युजिक भिडियो बजारमा (भिडियोसहित)

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं । चर्चित गायिका प्रिया सानु श्रेष्ठ र गणेश गुरुङको स्वरमा सजिएको नयाँ रिमिक्स लोक दोहोरी गीत ”गोगन पानीमा” म्युजिक भिडियो बजारमा आएको छ ।
एक दशकअघि निकै चर्चित गीत ‘गोगन पानीमा’ अम्बर विरही गुरुङको शब्द, लय र स्वरमा रहेको थियो ।
यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।  यस गीतमा खेम गुरुङ र आरुसी अस्लामीको अभिनय रहेको छ । यस्तै म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । साथै यस म्युजिक भिडियो हमाल म्युजिकले बजारमा ल्याएको छ ।
जिन्दगानीमा गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको गोगन पानीमा बोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ ।
वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः पहिलाको झल्को मेटाउने र नयाँ पन दिनेमा पनि विश्वास लिइएको छ ।
भिडियो
https://www.youtube.com/watch?v=IQr8ySVAw-w&feature=youtu.be

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी