काठमाडौ ९ कार्तिक ।
मुआब्जा माग गर्दै स्थानीयले हाइटेनसन लाइनको निर्माण अवरुद्ध गरेपछि पाँचथरको काबेली करिडोर आयोजना निर्माण कार्य प्रभावित बनेको छ ।
स्थानीयले मुआब्जाको माग गर्दै १ सय ३२ के.भि.ए. बिद्युत प्रसारण क्षमताको काबेली प्रसारण लाइन अन्तरगत झापाको लखनपुर देखि पाँचथरको अम्मरपुरसम्मको ९० किलो मिटर प्रसारण लाइन निर्माण अवरुद्ध पारेका हुन ।
टावर निमार्णको क्रममा असर पुग्ने भन्दै फिदिमको थापाटार र चोकमागु बिचका ३२ घर परीवारबाट मुआब्जाको माग गर्दै आएका छन् । आयोजना अन्तरगत लखनपुर–इलाम पहिलो खण्डमा टावर र प्रसारण लाइन सम्पन्न भैसकेको छ ।
३ अर्ब ५९ करोड लगानीमा सबस्टेशन, टावर र प्रसारण लाइन निमार्ण कार्य भैरहेको आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य सन् २०१३ मा सुरु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline