काठमाडौ ९ कार्तिक ।
स्वास्थ्य मन्त्रालयले मुलुकका विभिन्न शश जिल्लामा डेंगु प्रभावितको संख्या बढ्दै गएकाले सर्तक रहन तर त्रसित नहुन आग्रह गरेको छ ।
डेंगु प्रभावितको सङ्ख्या आइतबार भन्दा सोमबार बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक ले जनाएको छ ।
झापामा आइतबार डेंगुबाट ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या एकसय पुगेको छ ।
महाशाखाका अनुसार चितवनमा ३ सय ६७, झापा एकसय, पर्सामा तीन, काठमाडौं, रुपन्देही र कैलालीमा दुई–दुई जनामा डेंगुको संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक–एक जनामा डेंको सङ्क्रमण पुष्टि भएको छ ।
डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा. आचार्यले बताउनु भयो ।
ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जान चिकित्सकहरुले सुझाव दिएका छन् । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरी लामखुट्टे नआउने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।