नवलपरासीको तेस्रो पश्चिमाञ्चल स्तरीय उद्योग व्यापार मेला सुनवल मा हुने

नवलपरासीको तेस्रो पश्चिमाञ्चल स्तरीय उद्योग व्यापार मेला सुनवल मा हुने

  • सोमवार, कार्तिक ८, २०७३
  • रविन्द्र यादव

  • 7.7K
    SHARES

 नवलपरासी, ८ कार्तिक । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो ।

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदैधार्मिक, पर्यटकिय क्षेत्रको विकास गराउने उद्योग वाणिज्य संघ नवलपरासीकोउद्देश्य रहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आजको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

सम्रग जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि तथा लघु उद्यमका उपजहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म व्यापक प्रचार प्रसार गराउदै शिक्षा, स्वास्थय रसुचनाको प्रविधिलाई समेत प्रवद्र्धन संघले लक्ष्य बोकेकोसंघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

आगामी मंसिर २३ गतेदेखि संचालनहुन लागेको मेलामा ३ सय स्टल रहने, करिब ३ लाख दर्शकले अवलोक गर्ने र मेलामा करिब ७ करोड को आर्थिक कारोबार हुनेसंघले अनुमान गरेको अध्यक्ष थापाले बताउनु भयो ।

मेलाको मुख्य आकर्षण भगवान गौतम बुद्धको आमा माया देवीको मन्दिरको आकारको मुल गेट रहने छ भनेमेलामा सुचना पं्रविधि(आईटी,) कृषि, पर्यटन,सांस्कृति, बाल उद्यान लगायत मेलाको आकर्षण रहनेसंघका महासचिव गिरीर­ाज पाण्डेले बताउनु भयो ।

औद्योगिव्यापार मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माणसमाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरीवेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन रसूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु राखिने संघले जनाएको छ ।

व्यापार मेलाबाट अद्योगिक तथा कृषिका उत्पादित बस्तुहरुको गुणस्तर पहिचानतथा बजार विस्तार गर्ने, जिल्लाको धार्मिक तथा पर्यटकयि क्षेत्रको अन्तरष्ट्रिय रुपमा परिचित गराउने, सबैको सुचनामा पहुँच बढाउने यस मेलाका उपलब्धि रहने संघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी