खेलकुद मन्त्रीले भने, ‘खेल खेलाडीहरुको सेवा हो नाफा र ब्यपार होइन’

खेलकुद मन्त्रीले भने, ‘खेल खेलाडीहरुको सेवा हो नाफा र ब्यपार होइन’

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ८ कात्तिक । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रलाई मर्यादित र अनुशासित बनाउँनुपर्ने बताएका छन् । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ औँ साधारण साधारणसभालाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई व्यापारिकरण गरिएको प्रति दुखेसो पोखे ।
‘खेल खेलाडीहरुको सेवा हो नाफा र ब्यपार होइन । यसभित्र गंभिर विकृति र बिसंगतिहरु छन् । एन्फामा केही नीतिगत परिवर्तनको आवश्यकता देखा परेको छ । ऐन, नियमहरु समयसापेक्ष परिवर्तन गर्न सकेमा मात्र सस्थाहरुको बिकास र प्रगति हुन सक्छ,’ उनले भने, ‘पारित नीति नियमअनुरुप संस्था र सँस्था संबद्ध नेतृत्वहरु संचालन हुन सकेमा मात्र सस्थाको गरिमा उचो रहन्छ । बिडम्बना हामीकहाँ त्यसको अभाव छ । म चाहन्छु यो नेतृत्वले यो अभावको परिपुर्ति गरोस् ।’
एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको मुद्दा लाग्नु खेल क्षेत्रको लज्जास्पद भएको भन्दै उनले खेलक्षेत्रमा सुशासनको आवश्यकता औँल्याए ।
‘यो साधारण सभामा उपस्थित हुँदै गर्दा र नयाँ नेतृत्वलाई अग्रिम शुभकामना दिँदै गर्दा हामीलार्ई एउटा गहिरो पीडाको अनुभुति पनि भएको छ । हाम्रो फुटवलको इतिहासमा बिश्वासको स्तम्भ ढलेको छ,’ उनले भने, ‘कुनै समय यस्तो थियो गणेश थापा र नेपालको फुटबलको परिचय एउटै जस्तो पहिचान बनेको अभिव्यक्ति पनि सुनिन्थ्यो । तर बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले भ्रष्टाचारको प्रमाण सहित प्रतिबन्ध लगाउँदा हामी आश्चर्य चकित भयांै । नेपालको खेलकुद इतिहासलाइ नै कालो धव्वा लगाउने गरी भएको घटनाले हामी चिन्तीत र दुःखी छौ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी