बाईक स्टन्ट गर्न सक्नु हुन्छ ? त्यसो भए प्रतियोगीतामा सहभागी हुनुस्

बाईक स्टन्ट गर्न सक्नु हुन्छ ? त्यसो भए प्रतियोगीतामा सहभागी हुनुस्

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक ८ काठमाण्डौं । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) र नेपाल कल्चरल एन्ड एड्भेन्चर इभेन्ट्स (एनसीए इभेन्ट्स) को संयुक्त आयोजनामा आगामी मंसिर पहिलो साता उक्त प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतिस्पर्धामा समूहगत तर्फ ५ र ब्यक्तिगत तर्फ १० जनाको छुट्टाछुट्टै स्टन्ट प्रस्तुति रहने छ । यसमा स्टन्ट राइडरहरुले स्टन्ट मात्र नभई आफ्नो प्राविधिक कौशल समेत प्रदर्शन गर्ने छन् । एनएमएफसीले प्रतियोगिताका विजेताहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत सहभागिताका लागि पहल गर्न भूमिका खेल्ने जनाएको छ ।

यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको फेडरेसनले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो कार्यक्रम पनि भव्य रुपमा सम्पन्न हुने लक्ष्य राखेको छ । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत साथ रहेको छ । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल तथा नगद पुरस्कार समेत प्रदान गरिने नेपाल मोटरसाइकल फेडरेसन क्लबका अध्यक्ष्ँ सिताराम न्यौपाने र नेपाल कल्चरल एण्ड एडभेन्चर ईभेन्टस्का निर्देशक सन्तोष न्यौपानेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी