नेपालमा पहिलोपटक प्राकृतिक ग्यास उत्खनन्को सफल परिक्षण

नेपालमा पहिलोपटक प्राकृतिक ग्यास उत्खनन्को सफल परिक्षण

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

ललितपुर ,५ कार्तिक ।

खानी तथा भूगर्भ विभागले आज ललितपुरको इमाडोलमा सफलतापूर्वक प्राकृतिक ग्यासको सफलतापूर्वक नमुना परीक्षण गरेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा विभागले पहिलो पटक नेपालमा नै ग्यास उत्खननको नमुना परीक्षण गरेको हो ।

उद्योगमन्त्री नविन्द्रराज जोशीको उपस्थितीमा सन् १९७८ मा स्थापित काठमाडौं ग्यास प्रोजेक्ट मार्फत् आज ग्यासको नमुना परीक्षण गरिएको थियो । यस अघि नेपालमा प्राकृतिक ग्यास परीक्षण गरिएको भए पनि सफल परीक्षण भएको थिएन।

विभागले इमाडोलसहित राजधानीका १४ स्थानबाट प्राकृतिक ग्यास उत्पादन गर्न सकिने बताएको छ । विभागले विभिन्न क्षेत्रको २६ वर्गा्किमीमा १४ वटा ग्यास वेल ड्रिल गरिसकेको छ ।

ग्यास वेल ड्रिल भएका क्षेत्रलाई तीन ब्लकमा बाँडिएको छ । इमाडोलमा तीन सय ५० मिटर गहिरो नयाँ वेल पछिल्लो वर्ष राखिएको हो ।

उद्योगमन्त्री जोशीले प्राकृतिक ग्यासबाट आगो बालेर नमुना परीक्षण सफल भएको देखाउनु भक्एो थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी