घ्याँम्पे डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि गुरुयोजना निर्माण गर्नु पर्नेमा सरोकारवालाको जोड

घ्याँम्पे डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि गुरुयोजना निर्माण गर्नु पर्नेमा सरोकारवालाको जोड

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भक्तपुर, कात्र्तिक ५ गते । भक्तपुरको अन्नतलिङ्गेश्वर नगरपालिका वडा नं. १३ (गुण्डू) स्थित घ्याँम्पे डाँडाको गुरुयोजना निर्माण गरी तत्काल आधुनिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने सरोकारवालाहरुले औंल्याएका छन् ।
उपत्यकामा यस क्षेत्र पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको स्थान भएकाले गुरुयोजना निर्माण गरी घ्याँम्पे डाँडाको प्राकृतिक सौन्दर्यता कायम राख्नुपर्ने उहाँहरुले बताउनुभएको हो । घ्याँम्पेडाँडा पूर्वाधार विकास तथा पर्यटन संस्थाले आज दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरुले गुरुयोजना निर्माण गर्न आफूहरुको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले तत्कालय घ्याँम्पेडाँडाको गुरुयोजना निर्माण गरी यसको संरक्षणमा जुट्न स्थानीयलाई आग्रह गर्नुभयो ।
भक्तपुरका स्थानीय विकास अधिकारी धु्रव्र कोइराला, अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले यहाँको वन, जडिवुटी, प्राकृतिक र साँस्कृतिक सम्पदाको जगेर्ना गर्न पनि गुरुयोजना निर्माण गरेर कार्यान्वयनमा जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सूर्यविनायकबाट करिब चार किलोमिटर दुरीमा रहेको उक्त स्थानबाट काठमाडौं भक्तपुर, ललितपरु, काभ्रे, लगायतका स्थान छलङ्ग देख्न सकिन्छ । घ्याँम्पे डाँडाबाट करिब तीन किलोमिटर माथि ऐतिहासिक रानीकोट दरवार रहेको छ ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले मल्लकालमा निर्माण भएको उक्त दरवार अहिले पनि भग्नाबशेष यथावत छ रहेको चर्चा गर्दै दरवार नजिकै चुच्चे ढुङ्गा, बाघभैरव, मल्लकालमा रानीले नहुाउने कुवा अहिले पनि संरक्षित रहेकाले यस क्षेत्रलाई संरक्षण गर्नका लागि गुरुयोजना निर्माण गरी अगाडि बढ्न सुझाव दिनुभयो । दरवारसम्म जानका लागि नेपाल सरकारको सहयोगमा करिब ११ सय सिँढी निर्माण भएको उक्त क्षेत्र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण भएकाले तत्काल संरक्षण जुट्नुपर्ने उहाँको भनाइ छ । उहाँले यस क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न सके नेपालकै आर्थिक संबृद्धि गर्न सकिने भएकाले घ्याँम्पे डाँडाको संरक्षणका लागि सबै सरोकारलावाहरुले आजैबाट पहल र प्रयास थाल्नुपर्नेमा जोड दिनुभयो ।
डा. रामप्रसाद पोखरेलले यस क्षेत्रलाई प्राकृतिक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा आवश्यकता औंल्याउनुभयो । संस्थाका अध्यक्ष लालबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता, पर्यटन व्यवसायी अमृतमान शाक्य, संस्थाका सचिव चित्रबहादुर लामा, सहसचिव आनन्द राजथला लगायतले यस क्षेत्रलाई गुरुयोजना निर्माण गर्न आजैबाट पहल र प्रयास थाल्ने बताउनुभयो ।
घ्याँपेडाँडा नजिककै वनमा जियोलोजिक पार्क अर्थात राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न लागेको छ । घ्याँपे डाँडाबाट पूर्वमा आशापुरी, दक्षिणमा फूलचोकी, उत्तरमा केदारनाथको शिर (डोलेश्वर महादेव) र पश्चिममा सुवर्णेश्वर महादेव अवस्थित छन । उक्त वनमा बाघ, स्याल, मृग, खरायो, दुम्सी, बधेल, सालक, कालीज बट्टाई, तित्रा लगायतका जनावर पाउन सकिन्छ । साथै ऐसेलु, चुत्रो, काफल, धसिङ्गघरे, जुरे काफल, हाँडेकाफल, पानी अमला लगायतका प्राकृतिक जडिवुटी यहाँ पाउन सकिन्छ । यहाँबाट मनास्लु र गणेश र कञ्चनजङ्घा हिमाल छर्लङ्ग देख्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी