तिहारका लागि भारतबाट १७ लाखको सयपत्रि ल्याईदै

तिहारका लागि भारतबाट १७ लाखको सयपत्रि ल्याईदै

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाडौ ,३ कार्तिक ।
नजिकिदै गरेको चाड तिहारका लागि भारतबाट झण्डै १७ लाख मूल्य बराबरको फूलको माला आयत हुने भएको छ ।

तिहारमा एकैपटक फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायीहरुले झण्डै २ लाख थान भन्दा बढी सयपत्री फूलका माला भित्र्याउने तयारी गरेका हुन् ।

व्यवसायीले यसै साताको अन्तिमदेखि सयपत्रीको माला भित्र्याउन सुरु गर्ने फ्लोरिकल्चर एशोसियशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतबाट माला आयात नगरे नेपाली बजारमा स्वदेशी मालाको मूल्य पनि अप्राकृतिक रुपमा वृद्धि हुन्छ । थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाइदिने गरेको उहाँको भनाई छ ।

यस वर्ष सयपत्री फूलको माला औसतमा प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्म किन्न पाइने व्यवसायीको दावी छ ।

भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा बजारमा प्रतिगोटा मालाको मुल्य ५० देखि ६० सम्म पर्ने एसोसियसशनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी