नेपाल वायुसेवाले आजपनि काठमाडौं–ताप्लेजुङ उडान गरेन

नेपाल वायुसेवाले आजपनि काठमाडौं–ताप्लेजुङ उडान गरेन

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाण्डौ ,३ कार्तिक ।

नेपाल वायु सेवा निगमले आज दोस्रो पटक पनि काठमाडौं–ताप्लेजुङ उडान रद्ध गरेको छ ।
यसअघि उडान रद्ध गरेर पुन उडान गर्ने जानकारी सहित टिकट बिक्री गरेको निगमले पाइलट नभएको भन्दै आजपनि उडान रद्द गरेको हो ।

दसैं अघिपनि उडान गर्ने भन्दै दुईदिनको टिकट काठमाडौं काउण्टरबाट बिक्री गरेको थियो ।
पटकपटक टिकट बिक्रि गर्दै उडान रद्ध गर्ने गरेका कारण यात्रुहरु भने मारमा परेका छन् ।

जेठदेखि रोकिएको उडान थाल्ने भन्दै असोज १९ र २१ गतेका लागि टिकट काटिएको थियो । दसैंमा घर फर्कन मख्ख परेका यात्रुलाई एउटा जहाज बिग्रिएको भन्दै पैसा फिर्ता गरेको थियो ।

काठमाडौं–ताप्लेजुङ उडान जेठ १९ पछि नियमित हुन सकेको छैन । गोमा एयरले भने सोमबार विदेशी पर्यटकको एउटा चार्टर उडान गरेको छ । नियमित उडानभने कुनै कम्पनीले गरेका छैनन् ।

जहाज नचल्दा बिरामी असक्त तथा छिटो यात्रा गर्नुपर्नेहरु भने समस्यामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी