वीरगञ्ज भण्सारद्धारा एक महिनामा ११ अर्ब राजश्व संकलन

वीरगञ्ज भण्सारद्धारा एक महिनामा ११ अर्ब राजश्व संकलन

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ ,२ कार्तिक ।
वीरगञ्जस्थित मुलुककै २ ठूला भन्सार कार्यालयले असोज महिनामा मात्रै ११ अर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेका छन् ।

वीरगञ्ज र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले सो परिमाणमा राजश्व संकलन गरेका हुन् । वीरगञ्ज भन्सार कार्यालय एक्लैले असोजमा ९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

सो अवधीमा ८ अर्ब ५८ करोड रुपैयाँ राजश्व असूलीको लक्ष्य यो भन्सारले पाएको थियो । संकलित राजश्व लक्ष्य भन्दा करिब ११ प्रतिशतले बढी रहेको भन्सार प्रमुख सेवन्तक पोखरेल बताउनुभयो ।

यस्तै, सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

भन्सार प्रमुख सूर्य सेडाइँका अनुसार, असोज महिनामा यो भन्सारले १ अर्ब ६५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ८३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी