ग्यास खानीको अन्वेषण तथा उत्खनन् कार्य अलपत्र

ग्यास खानीको अन्वेषण तथा उत्खनन् कार्य अलपत्र

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

दैलेख, ३० असोज ।

सरकार परिवर्तनसँगै सम्भावित ग्यास खानीको अन्वेषण तथा उत्खनन् कार्य अलपत्र परेको छ ।

केपी ओली नेतृत्वको सरकारले सुरु गरेको दैलेखको शिरस्थान–नाभिस्थान क्षेत्रमा ग्यास अन्वेषण कार्य सरकार परिवर्तनसँगै अलपत्र परेको हो ।

अघिल्ला सरकारले अगाडि बढाएका राम्रा कार्यक्रम निरन्तरता पाउने आशामा रहेका दैलेखबासी अन्ततः आफ्नै क्ष्ोत्रमा रहेको ग्यास खानीकै अनुसन्धान प्रक्रिया रोकिएपछि निराश छन् ।

भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण लामो समय इन्धन संकट भोग्नुपरेपछि तत्कालिन सरकारले मुलुकभित्रका खानीहरुको पहिचान, अन्वेषण र उत्खनन् कार्य अगाडि बढाउन तत्परता देखाएको थियो ।

चिनियाँ विशेषज्ञसहित त्यहाँ गएका ओली सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले विस्तृत अनुसन्धान पश्चात् उत्खनन् प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो ।उहाँ दुईपटक खानी क्षेत्रमा पुग्नुभएको थियो ।

चिनियाँ विशेषज्ञको एक टोली एक साता खानी क्षेत्रमा ग्यास अध्ययन गरी फर्केको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी