काठमाण्डौ ,२६ असोज ।
दशैमा नया नोटको प्रयोग गर्दा रङग र पानी नपारी प्रयोग गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।
केरमेर भएका , पानी , रङ अविर र अछ्यता परेको नोट राष्ट्र बैंकमा पुगेपछि नष्ठ गनुपर्ने भएकाले जतन गरि प्रयोग गर्न सबैसँग आग्रह गरेको हो । त्यस्ता नोट पुन बजारमा पठाउन नमिल्ने पनि स्पष्ठ पारेको छ ।
पुजाआजा गर्दा , दक्षीणा दिदा लिदा र पैसा राख्दा नोटलाई कच्याककुचुक पनि नपार्न अनुरोध गरेको छ ।
नोटको सुरक्षका लागी मनि व्याग या झोलामा राखेर सुरक्षत गर्न सकिने जनाईएको छ ।
राष्ट्र बैंकले दशैका बेला ९० अर्ब ३० करोड नया नोट बजारमा ल्याएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline