काठमाण्डौ ,२६ असोज ।
नेपाल विद्युत प्राधिकरणको डोटीको दीपालयस्थित सब स्टेसनमा आगलागी हुदा डेढ करोड बराबरको क्षति भएको छ ।
आज बिहान करीब तीन बजे विद्युतको टान्सफर्मरमा समस्या आई विद्युत सर्ट हुँदा आगलागी हुदा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलयका एसपी डिल्लीराज बिष्टले जानकारी दिनुभयो ।
आगलागीले ट्रान्सफर्मर तथा फेडर सहित अन्य ३ वटा उपकरण जलेर नष्ट भएका छन् । स्टेशनमा आगलागी भएपछि डोटी र अछाममा विद्युत सेवा पूर्णरुपमा बन्द भएको छ ।
सब स्टेनसनमा लागेको आगो स्थानीय बासिन्दा, प्रहरी र कर्मचारीको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
नया ट्रान्सफर्मर र फिडर पुनः सञ्चालनमा ल्याउन केहीदिन लाग्ने भएकाले सो क्षेत्रका स्थानीयलाई अध्यारोमा बस्नु पर्ने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline