अमेरीकाको कोलोराडोमा हाङजितेदास्ती साझ ५०७६ आयोजना हुने

अमेरीकाको कोलोराडोमा हाङजितेदास्ती साझ ५०७६ आयोजना हुने

  • सोमवार, अशोज २४, २०७३
  • गौतम सागर राई

  • 10K
    SHARES

असोज २४ ,कोलोराडो,अमेरीका । अमेरिकाको कोलोराडोमा खमाङखिम तथा समाधिस्थलको आर्थिक सहयोगार्थको निमित्त किरात राई सोसाइटी अफ अमेरिका,कोलोराडोको विशेष प्रस्तुति हाङ जितेदास्ती साँझ–५०७६ कार्यक्रम आयोजना हुने भएको छ । सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रकै चर्चित कलाकार राजेश पायल राई मुख्य आकर्षण हुने छन् ।

कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीको साथमा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने आयोजक समितिका सचिव राज राईले जानकारी गराउनु भएको छ ।

यहि अक्टोबर १५, २०१६ शनिबार साँझ ६ बजे अरोरा सेन्ट्रल हाइ स्कुल अरोरा कोलोराडोको भवनमा विशेष कार्यक्रम हुन आयोजक समितिको सचिव राईले जानकारी दिनु भयो ।

आयोजकले बिशेष गरी कोलोराडो र आसपासमा बसेका नेपालीहरुलाई कार्यक्रममा सहभागी भईदिन आग्रह गरेको छ । कोलोराडोमा हजारौ नेपालीहरु बसोबास गर्दै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी