कास्कीको अपरमादी आयोजनाले कात्तिकमा परीक्षण उत्पादन गर्ने

कास्कीको अपरमादी आयोजनाले कात्तिकमा परीक्षण उत्पादन गर्ने

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पोखरा, असोज २२ ।

अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ ।

कास्कीको सिल्दुजुरे –९ बाहुनडाँडामा निर्माणाधीन आयोजनाबाट २५ मेगावाट जलबिद्युत निकालीने छ । आयोजनाले परीक्षण उत्पादन गरेपछि त्यसमा केही कमी–कमजोरी भए एक महिनाभित्र सुधार गर्ने र मंसिर महिनाको अन्तिमतिरबाट नियमित उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी छ ।
उक्त जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिनुभयो ।

आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएकोे छ । विद्युत् लाइनलाई लेखनाथ नगरपालिकास्थित सबस्टेसनसम्म जोड्नका लागि ३२ ओटा विद्युत् टावर निर्माण गरिसकिएको र त्यसमा तार तान्ने काम पनि सम्पन्न भएको छ ।

टावरमुनि पर्ने जंगलमा रहेका रुख काट्न वन तथा भू–संरक्षण विभागबाट स्वीकृत आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बताइएको छ ।

करिब रु ५ अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, विनोशकारी भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो गएकाले लागत बढेर रु ८ अर्ब पुग्न गएको बताइएको छ ।

कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा वि.सं. २०६९ को पुस महिनाबाट आयोजना सुरु गरिएको थियो ।

आयोजना सुरु भएको ३० महिनामा सक्ने लक्ष्य राखिएपनि विविध कारणले ४८ महिनामा आयोजना सकिन लागेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी