विराटनगर भन्सार दशैमा दुई दिनमात्र बन्द

विराटनगर भन्सार दशैमा दुई दिनमात्र बन्द

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

मोरङ, असोज २२ ।

सर्वसाधारणको सहजताका लागी विराटनगर भन्सार कार्यालयले यस वर्षको दसैंमा दुई दिनमात्र कार्यलय बन्द गर्ने भएको छ ।

अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिनमात्र बन्द हुने भएको हो ।

असोज २४ र २५ गतेमात्र कार्यलय बन्द हुने र टीकाको भोलिपल्टदेखि पुन सन्चालनमा आउने कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु ६ करोडको राजस्व संकलन गर्दै आएको छ ।

बन्दका समयमा पनि उद्योगी–व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग र्पुयाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएकोे बस्नेतको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी