मानसिक स्वास्थ्यलाई प्राथमिक श्वास्थ्य केन्द्र सम्म पुर्याईनेः मन्त्री थापा

मानसिक स्वास्थ्यलाई प्राथमिक श्वास्थ्य केन्द्र सम्म पुर्याईनेः मन्त्री थापा

  • बिहिबार, अशोज २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

असोज २० काठमाण्डौं । श्वास्थ्य मन्त्री गगन थापाले मानसिक स्वास्थ्यलाई प्राथमिक श्वास्थ्य केन्द्र सम्म पुर्याउने सरकारको योजना रहेको बताउनु भएको छ ।
विश्व मानसिक श्वास्थ्य दिवसको अवसरमा आज प्रथम पाईला मासिक र अमृता फाउण्डेसनले श्वास्थ्य मन्त्रालयमा आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा पछिल्लो समय मानसिक श्वास्थ्यलाई सरकारले बिशेष महत्व दिएको बताउनु भयो ।
मन्त्री थापाले मानसीक एव मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियानको घोषणा समेत गर्नु भयो । मनोविद गोपाल ढकाललाई अभियानको ब्यानर दिएर अभियानको घोषणा गर्नु भएको थियो ।
श्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले नेपालमा अझै पनि मानसिक श्वास्थ्यका विषयमा आम जनतामा बुझाउन नसकिएको बताउनु भयो ।
कार्यक्रममा मानसिक अस्पताल पाटनका निर्देशक डा. सुरेन्द्र शेरचनले नेपालको मानसिक श्वास्थ्य अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस्तै प्रा. डा सरोज प्रसाद ओझाले पनि नेपालमा बढ्दै गएको मानसीक श्वास्थ्य समस्याको बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रममा चिकित्सक सहित मानसिक श्वास्थ्यको क्षेत्रमा काम गर्ने १० जनालाई सम्मान गरिएको थियो ।
आगामी अक्टोबर १० गते प्राथमिक मनोबैज्ञानिक सहयोग भन्ने नाराका साथ विश्व मानसिक श्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी