रामकृष्ण ढकालको आवरण सार्बजनिक

रामकृष्ण ढकालको आवरण सार्बजनिक

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

कमल सरगम 
असोज -काठमाण्डौ 
सुगम संगीत क्षेत्रका लोकप्रिय गायक रामकृष्ण ढकालको १५ औ एल्बम “आवरण”को लोकार्पण सम्पन्न भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन  प्रमुख आथित्यतामा  सम्पन्न कार्यक्रममा सुगम क्षेत्रका चर्चित चर्चित सर्जक तथा गायकहरुको उपस्थितिमा सम्पन्न भएको छ ।स्व .नारायण गोपाल पच्चात पछिल्लो पुस्तालाई सम्हालेर अगाडी बढिरहेका ढकालको आवरणको बिमोचन भने सोल्टी क्राउन प्लाजामा भएको हो।११ ओटा गीतहरु समाबेस भएको एल्बमलाइ विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ । एल्बम भित्र  गीतकार मनिष वशिष्ट, उत्तम सन्जेल, रमेश बिजी, आनन्द अधिकारी, विनोद बन्जरा, प्रज्वल शमशेर जवरा, डा. आशबहादुर तामाङ र देवेन गिरीको शब्द तथा हरि लम्साल, न्हू बज्राचार्य, राजेश थापा, शिखर सन्तोष, राजनराज शिवाकोटी, किरण कँडेल र कल्याण सिंहले संगीत दिएका छन् ।लोकार्पण समारोहमा गायक ढकालले ‘आवरण’बाट आफू निकै आशावादी रहेको बताउँदै यसले आफ्नो पुरानो शृङ्खलालाई जोड्ने र स्तरीय गीत सुन्ने श्रोताको रुचिलाई सम्मान गर्ने बताए । उनले आफ्नो पुरानो गायन शैली र केही नयाँ प्रयोगलाई सँगसँगै ठाउँ दिएको पनि बताए । एल्बममा समावेश दुई गीतको भिडियो भने यस अघि नै प्रसारणमा आइसकेको छ । ‘म लडेको मात्र हुँ’ बोलको गीतको म्युजिक भिडियो भने सोही समारोहमा सार्वजनिक गरिएको थियो । यो एल्बमको बजार व्यवस्थापन भने विन्धवासिनी म्युजिकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ