काठमाडौं , १६ असोज ।
नेपाल खाद्य संस्थानले दशैका लागी काठमाडौंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गदैछ ।
खाद्य संस्थानले तोकेको मुल्य अनुसार आज दिउँसो २ बजेबाट च्यांग्रा बिक्री खुला गरिने जनाएको छ । संस्थानले च्यांग्राको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको छ ।
राजधानीमा एक हजार पाँच सयवटा च्यांग्रा ल्याउने लक्ष्य राखे पनि संस्थानले एक हजार चार सय ८० वटा मात्रै खरिद गर्न सकेको छ ।
दसैँका लागि जिउँदो खसी, बोकाको भने २५ किलोभन्दा बढी तौल भएकाको मुल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरेको संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठले जानकारी दिनुभयो ।
लहानबाट ल्याईदै गरेका खसि बोका आज काठमाण्डौ आईपुगे संस्थानले आज दिउँसोबाट खसी–बोकाको पनि बिक्री सुरु गर्ने छ ।
लहानबाट हिँडाइएका खसी समयमै आइपुगे आइतबार दिउँसोबाट बिक्री खुला गर्छौँ, नत्र भोली बिहानबाट सुरु हुन्छ,’ श्रेष्ठले भन्नुभयो ।
संस्थानले यसपटक एक हजार पाँच सय खसी–बोका मात्रै बिक्री गर्दै छ ।