धनबिर पुनको उत्कृष्ट गीतहरुको संग्रह “प्रश्नहरु”बिमोचन सम्पन्न

धनबिर पुनको उत्कृष्ट गीतहरुको संग्रह “प्रश्नहरु”बिमोचन सम्पन्न

  • शनिबार, अशोज १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कमल सरगम 
असोज-काठमाण्डौ 
नेपाली सुगम संगीत क्षेत्रमा अर्को प्रश्न जन्मिएको छ ।सुगम क्षेत्रका नबोदित गीतकार धनबिर पुनको उत्कृष्ट शब्दहरुमा “प्रश्न” नामक आधुनिक गीति एल्बम  आज राजधानीको युनियन हाउसमा सार्वजनिक भएको हो ।संगीतकार सम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान पर्व बिजय दशमीको शुभकामना  आदान प्रदान सहित कार्यक्रम आयोजना गरिएको थियो ।धनबिर पुनको  प्रश्न एल्बम भित्र ६ वोटा गीतहरु समाबेस गरिएको छ ।अन्जु पन्तको आवाजमा “फुल सरी”,प्रमोद खरेलको आवाजमा “खै कसरी”,श्रेयसी चेम्जोङको आवाजमा “जतिसुकै”टिका भण्डारी र दुर्गा परियारको आवाजमा “त्यो  सुन्दर गाउमा “,श्रेयसी चेम्जोङको आवाजमै “मै मरि गए पनि”,र टिका भण्डारी ,विश्व नेपालीको,रीता केशी ,श्रेयसी चेम्जोङको आवाजमा”संसारमै खोजिहेर” समाबेस गरिएको छ ।गीतमा संगीत भने चर्चित संगीतकार राजकुमार बगरले ४ वोटामा संगीत भरेका छन्  साथमा टिका भण्डारीले २ वोटा गीतमा संगीत भरेका हुन् ।२ दशक प्रबासमा बसेर पनि गीत संगीतको माया दर्शाउदै आएका पुन पहिलो पटक सांगीतिक क्षेत्रमा प्रबेस गरेका हुन् । धनबिर पुनले सृजना गरेका हुन् ।सबै गीतको म्यूजिक भिडियो पनि निर्माण भएको कम्पनि संचालक राज काफ्लेले बताउनु भयो ।कार्यक्रमको सभापतित्व गर्दै काफ्लेले भन्नु भयो “नेपाली सुगम संगीतमा  सधै कामना डिजिटलले अग्रसर रुपमा अगाडी बढिरहेको र म  आफ्नो ज्यान समर्पण गरेर भएपनि यो क्षेत्रलाइ निरन्तरता दिने छु”।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ