ग्यास बुलेट ल्याउन संसदिय समितिको निर्देशन

ग्यास बुलेट ल्याउन संसदिय समितिको निर्देशन

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं ,१३ असोज ।

ब्यावस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुनः ग्यास वुलेट आयात गर्न सरकारलाई निर्देशन दिएको छ ।

ग्यास बोक्ने बुलेट ल्याउनेरनल्याउने विवाद कायमै रहेका बेला समितिको आजको बैठकले ग्यास बुलुट ल्याउने वातावरण बनाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

एलपी ग्यास ढुवानी गर्ने बुलेट आयातका बिषयमा लामो समयको छलफल र निगम, मन्त्रालय एवं संसदीय समितिको निर्णय र निर्देशनबमोजिम नै खरिद प्रक्रिया अगाडि बढेको समिले जनाएको छ ।

यस्तै समितिले सरकारले भन्सार महसुल छुट दिइसकेको र निगमले खरिद गर्न स्वीकृति दिइसकेको अवस्थामा वास्तविकता र आवश्यकतालाई मध्यनजर गरी नेपाली व्यवसायीकै स्वामित्व रहने गरी बुलेट खरिद प्रक्रिया यथाशीघ्र अगाडि बढाउन पनि मन्त्रालाई निर्देशन दिएको छ ।

नेपाल आयल निगमले गत साउन ४ गते नेपाली व्यवसायीले ग्यास बोक्ने बुलेट ल्याउन पाउने गरी निर्णय गरे पनि भोलिपल्टै आपूर्ति मन्त्रालयले खरिद प्रक्रिया अघि नबढाउने निर्णय गरेको थियो ।

यसबारे पक्ष विपक्षका व्यवसायीहरूबीचको ‘लबिङ’ का कारण हालसम्म बुलेट खरिद खुला हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी