अनशनरत केसीको स्वास्थय बिग्रदै , उपचार समिति गठन

अनशनरत केसीको स्वास्थय बिग्रदै , उपचार समिति गठन

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,१२ असोज ।

नवौं आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएपछि उपचार समिति गठन गरिएको छ ।

पटक÷पटक अनशनका कारण उनको स्वास्थ्यअवस्था कमजोर भएकाले यसपटकको अनशनको तेस्रो दिनमै स्वास्थ्य समस्या देखिन सुरु भएको चिकित्सकहरुको भनाई छ ।

शिक्षण अस्पतालका डा. प्रदिपकुमार श्रेष्ठको संयोकत्वमा उपचार समिति गठन भएको हो । समितिमा डा. दिब्या सिंह शाह, डा. सुभाष आचार्य, डा. जेन्टल सुन्दर श्रेष्ठ, डा. रबी नेपाली र नर्स सोभना श्रेष्ठ रहेका छन् ।

अख्तियार प्रमुखलाई महाअभियोग लगाउनु पर्ने, राष्ट्रिय चिकित्सा शिक्षा नीति शंसोधन गरी पास हुनुपर्ने, मनमोहन विधेयक संसदबाट फिर्ता हुनुपर्ने, नीति नबनेसम्म नयाँ सम्बन्धन दिन नहुने मागसहित डा. केसी असोज १० गतेदेखि आमरण अनशनमा हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी