अमेरिकी डीभी चिठ्ठाको आवेदन आगामी मंगलबारबाट खुल्ने

अमेरिकी डीभी चिठ्ठाको आवेदन आगामी मंगलबारबाट खुल्ने

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,१२ असोज ।

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आगामि  मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने र कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुने  काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

अमेरिकी दूताबासले विज्ञप्ती जारी गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ, भनेको छ ।

 भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ । दर्ता गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

तपाईँले एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो, दूताबासले भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी