शेयर बजारमा कानुनी सल्लाहका लागी “क्यापिटल मार्केट ल फर्म”

शेयर बजारमा कानुनी सल्लाहका लागी “क्यापिटल मार्केट ल फर्म”

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,१२ असोज ।

पछिल्लो समय शेयर बजारमा थुप्रै कानुनी समस्याहरु देखा पर्ने गरेका छन् ।
तिनै समस्याको समाधानका लागी अधिवक्ता नारायणप्रसाद तिम्सिनाले आफ्नै पहलमा ल फर्म सञ्चालनमा ल्याउनु भएको छ ।

“क्यापिटल मार्केट ल फर्म” को नाममा सन्चालनमा आएको ल फर्ममा नेपाली पूँजी बजारका समस्याका लागि लगानिकर्ताहरुले कानुनी सल्लाह पाउने छन् ।

काठमाण्डौको बसुन्धरामा रहेको यस फमबाट लगानिकर्ताले शेयर तथा पूँजी बजारसम्बन्धि कुनैपनि समस्याको लागि सहयोग गर्ने अधिवक्ता तिमिल्सिनाले बताउनु भयो ।

यसअघि नेप्सेका कम्पनी सचिव समेत रहनुभएका तिम्सिनाले भन्नुभयो, “हाम्रो यो ल फर्म नितान्त पूँजी बजारका लगानीकर्ताको अदालती सहयोगका लागि स्थापना गरिएको हो , सर्वसाधारण लगानीकर्ताका लागि कानुनी उपचारको बाटो दखाउँछौं ।”

मिर्मिरेसँगको कुराकानीमा उहाले फर्मले पूँजीबजारमा देखिएका विकृति विसंगतीका विरुद्धमा आवाज उठाउने साथै पूँजीबजार सम्बन्धि नीति नियम बनाउन कानुनी सल्लाहाकारको रुपमा सहयोग गर्ने पनि बताउनु भयो ।
नेप्सेको कम्पनि सचिवबाट यहि साउनमा उहाले अवकास पाउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी