बिराटनगर , ११ असोज ।
तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैङ्कबाट राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याइएको २५ लाख रुपैंया विराटनगरको बुधहाटबा लुटिएको छ ।
विराटनगरको व्यस्त बजार बुधहाट चोकमा रहेको बि प्लट भवन छेउमा पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।
पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा लुृटेरा समूहले गाडीको शिशा फुटाई रकम लगेको गाडी चालक बीरबहादुर लिम्बुले बताउनु भएको छ । बैङ्कले चालक र एक कर्मचारीलाइ रकम जम्मा गर्न पठाएको थियो ।
लुटेराको खोजि भईरहेको भएपनि पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline