हड्ताल अवधिको तलबबारे संसदीय समितिले सहमती जुटाउन सकेन

हड्ताल अवधिको तलबबारे संसदीय समितिले सहमती जुटाउन सकेन

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,११ असोज ।

हड्तालको अवधिमा मजदूरहरुलाई तलब दिने÷नदिने विषयमा संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले अझै सहमती जुटाउन सकेको छैन ।

आज बसेको समिति बैठकमा पनि दलहरुका आ आफ्नै अडानका कारण सहमती हुन नसक्दा औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको प्रतिवेदन पारित हुन सकेन ।

बैठकमा नेकपा माओवादी केन्द्रका जनकलाल बुढा लगायतका केही सांसद्ले उद्योगभित्र हुने शोषणविरुद्ध मजदूरहरुले हड्ताल गर्न पाउनुपर्ने माग गर्दै सो अवधिको तलब उद्योगले दिनुपर्ने अडान राखेका थिए ।

तर नेपाली काग्रेसकी सांसद राज्यलक्ष्मी श्रेष्ठले लगायतले हड्तालको अवधिको तलब उद्योगले व्यहोर्नुपर्ने व्यवस्थाल उद्योगहरु धराशायी हुनुका साथै उद्योगमा अराजकता मौलाउने भन्दै त्यसको बिरोध गरेका थिए ।

समितिले डेढ महिना पहिले गठन गरेको उपसमितिmे पनि सो बिषयमा सहमती जुटाउन सकेको थिएन । उपसमितिले सहमति जुटाउन नसकेको विषयमा सांसद्हरुको धारणा बाझिएपछि समिति पनि निर्णयमा पुग्न नसकेको सभापति भिष्मराज आङदम्बेले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी