दसैं ,तिहारमा मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा निकासा गरिने

दसैं ,तिहारमा मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा निकासा गरिने

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ११ असोज ।
नजिकिँदै गएको दसैं र तिहारलाई लक्षित गरी मुस्ताङबाट ४५ हजार भेडा–च्याङ्ग्रा निकासी गरिने भएको छ । जिल्ला पशु सेवा कार्यालय मुस्ताङले यस वर्षको दसैं र तिहारका लागि ४५ हजार भेडा च्याङ्ग्रा निकासीको तयारी भएको जनाएको हो ।

मुस्ताङमा उत्पादित भेडा च्याङ्ग्रा म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौं, तनहुँलगायतका जिल्लामा बिक्री हुने गरेका छन् । हिमाली भेगमा हुर्किएका भेडा–च्याङग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च छ ।

अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजारसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी