वीरगन्जको सुक्खा बन्दरगाहबाट २ महिनामा ३ अर्ब ५९ करोड राजस्व उठ्यो

वीरगन्जको सुक्खा बन्दरगाहबाट २ महिनामा ३ अर्ब ५९ करोड राजस्व उठ्यो

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

पर्सा, असोज १० ।

वीरगन्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको दुई महिनामा रु ३ अर्ब ५९ करोडभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले आव २०७३ ÷७४को साउन र भदौ महिनामा सो कार्यालयबाट लक्ष्यभन्दा रु १८ करोड १७ लाख ७२ हजार बढी राजश्व संकलन गरेको हो ।

३ अर्ब ४१ करोड २९ लाख ३३ हजार राजस्व संकलन हुने अनुमान गरेकामा संकलित राजस्व लक्ष्यको तुलनामा १०५.३२ प्रतिशत बढी अर्थात् रु ३ अर्ब ५९ करोड ४७ लाख पाँच हजार राजस्व संकलन गर्न सफल भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

विभागले साउन महिनाका लागि रु १ अर्ब ५१ करोड ३ लाख ४१ हजार राजस्व संकलन हुने अनुमान गरेकामा कार्यालयले लक्ष्यभन्दा रु १० करोड ३५ लाख ६० हजार अर्थात् रु १ अर्ब ६१ करोड ३९ लाख १ हजार संकलन गर्न सफल भएको कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै, भदौ महिनामा रु १ अर्ब ९० करोड २५ लाख ९२ हजार राजस्व संकलन हुने अनुमानमा रु १ अर्ब ९८ करोड ८ लाख ४ हजार अर्थात् लक्ष्यको तुलनामा रु ७ करोड ८२ लाख २ हजार बढी राजस्व संकलन गरेको छ ।

भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत् नेपालका लागि औद्योगिक कच्चापदार्थ तथा खाद्यान्न आयातमा बृद्धि भएकाले सुक्खा बन्दरगाह भन्सारको राजस्व संकलन सन्तोषजनक भएको भन्सार प्रमुख भण्डारीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी