डा.गोन्दि केसी नवौंपटक अनसनमा

डा.गोन्दि केसी नवौंपटक अनसनमा

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाण्डौ, १० असोज ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्नुभएका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गर्नुभएको छ ।

सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै केसीले आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गर्नुभयो । डा. केसीले दिउँसो ४ बजेदेखि अनसन सुरु गर्नुभएको हो । केसीले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सार्नुभएको छ ।

उहाँले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गर्दै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी