कमल सरगम
काठमाण्डौ -०९
आलाप स्टुडियोको प्रस्तुति चर्चित गायिका मुना थापा र मनोज बिश्वकर्माको आवाजमा सजिएको प्रमिला सुनुवारको लोक तथा दोहोरी गीत भर्खर मात्र बजारमा आएको एक वियोगान्त हो | “मनको पिर कसलाई पोख्न जाउ” बोलको उक्त गीतमा चर्चित नायिका रंजित गुरुङ र र झलक संगीतमले शसक्त अभिनय गरेका छ |
वर्षा लामा र पूर्णिमा लामाको शब्द र मनोज बिस्वकर्माको लय रहेको त्यस गीतमा सिबन पोखरेलले भिडियो निर्देशन गरेका हुन | वियोगान्त शैलीमा बनेको गीत र त्यसको म्यूजिक भिडियोले आम गीत संगीत प्रेमीहरुको मन छुने छ भन्छन निर्देशक सिबन पोखरेल |
मलेसियामा बसेर नोकरी गर्दै गीत संगीत सिर्जना गरि चर्चाको सिखर उक्लिरहेका मनोज बिश्वकर्माले यो गीत मलेसियाकै स्टुडियोमा गीत गाएका हुन भने मुना थापाले आलाप स्टुडियोमा गएकी हुन् | आशा छ यो गीत सबै लोक संगीतप्रेमीहारको मन मुटुको ढुकढुकीमा रहने छ |
भिडियो हेर्न तल क्लिक गर्नुहोस