पुनर्निमाण प्राधिकरणको प्रगति र कार्ययोजनाबारे छलफल

पुनर्निमाण प्राधिकरणको प्रगति र कार्ययोजनाबारे छलफल

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, ९ असोज ।

पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा अर्थ, सामान्य प्रशासन, शहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवहरुले पनि पूनर्निर्माणमा विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे रिपोर्टिङ् गरेका थिए ।

प्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतिबारे धारणा राख्नुभयो ।

प्राधिकरण निर्देशक समितिको अर्को बैठक भोलि दिउँसो २ बजे सिंहदरबारमा बस्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी