निगमको ग्राउन्डेड विमान सगरमाथाले भोलीदेखि मात्र उडान भर्ने

निगमको ग्राउन्डेड विमान सगरमाथाले भोलीदेखि मात्र उडान भर्ने

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ९ असोज ।
प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको नेपाल वायु सेवा निगमको विमान सगरमाथाले भोलीदेखि मात्र उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन भएको विमान हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो ।

विमानको आज बेलुकीसम्म मर्मत सकेर भोली देखि उडान सञ्चालन गरिने निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

संयुक्त अरब इमिरेट्सको आवुधावीबाट आएको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए ।

यसैबीच सोलुखुम्बुको जुभिङमा बिरामी लिन गएको माउन्टेन एयरको जहाज आज बिहान आकस्मिक अवतरण गरिएको छ ।

विमानको इन्जिनमा खरावी आएपछि आकस्मिक अवतरण गरिएको माउन्टेल एयरका क्याप्टेन पासाङ नोर्बु शेर्पाले जानकारी दिनुभयो ।

अवतरण गर्ने क्रममा विमानको नोजमा क्षति पुगेको छ । विमानका पाइलट र यात्रु सबै सकुशल रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी