अग्रिम टिकट बुकिङ आज देखि ,१२ स्थानमा यात्रु सहायता कक्ष स्थापना

अग्रिम टिकट बुकिङ आज देखि ,१२ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • शुक्रबार, अशोज ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ असोज ७ ।
आजदेखि दसैँमा उपत्यका बाहिर जाने लामो दूरिका बसको टिकट अग्रिम बुकिङ खुल्ला भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो ।

पोखरा लगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलले जानकारी दिनुभयो ।

दसैँका लागि यस वर्ष व्यवसायीले नयाँ बस नल्याएका कारण उपत्यकाबाट बाहिरिने यात्रुलाई असहज हुनसक्ने अनुमान गरिएको सिटौलाले बताउनु भयो ।

साथै सवारी दुर्घटना नियन्त्रण गर्न नियम कार्यान्वयनमा कडाइ गरिने भएको छ । क्षमताभन्दा धेरै यात्रु नबोक्ने तथा लामो दूरीको बसमा अनिवार्य रूपमा दुई चालक राख्ने नियम कडाइका साथ पालना गराइने ट्राफिक प्रहरीले जनाएको छ ।

यसैविच अग्रीम टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेल र तिलगंगामा यात्रु सहायता कक्ष हुनेछ ।

बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाका एसपी लोकेन्द्र मल्लले बताउनु भयो ।

सहायता कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधि समेत रहने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी