क्यासिनो नेपालका सन्चालक राकेशलाई पक्राउ गर्न निर्देशन

क्यासिनो नेपालका सन्चालक राकेशलाई पक्राउ गर्न निर्देशन

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ४ असोज ।

संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले तत्कालीन क्यासिनो नेपाल र नेपाल रिक्रिएसन सेन्टरका फरार सन्चालक राकेश वाद्वालाई पक्राउ गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले क्यासिनो बन्द हुदा त्यहा कार्यरत मजदुरको विचल्ली भएको निश्कर्ष निकाल्दै सन्चालक वाद्धालाई पक्राउ गरि समस्या समाधान गर्न निर्देशन दिएको हो ।
आर डी टटल र राकेश वाद्वाबीचको विवादका कारण होटल सोल्टीको प्रांगणमा रहेको सो क्यासिनो वि.सं. २०६९ साउन महिनादेखि बन्द हुदा करिब एक हजार ६८ मजदुर बिचल्लीमा परेका छन् ।

ती मजदुरले दिएको निवेदनको आधारमा गठित उपसमितिले प्रतिवेदन मार्फत पर्यटन मन्त्रालयलाई समस्या समाधानका लागि पहल गर्न आग्रह गरेपनि समस्या समाधान नभएको भन्दै समितिले तत्काल काम अघि बढाउन भनेको छ ।

आजको बैठकमा सोहि प्रतिवेदनका आधारमा क्यासिनो नेपाल र नेपाल रिक्रिएसन सेन्टरका पूर्वकर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृह मन्त्रालय र नेपाल प्रहरीलाई समेत छलफलका लागि बोलाएको छ ।

बैठकमा बोल्दै समिति सदस्य अष्टलक्ष्मी शाक्य , कमला दोङ, उषा यादव र कमलाकुमारी घिमिरेले ‘क्यासिनो बन्द हुँदा मजदुरले रोजीरोटी गुमाउनु परेको हुँदा सरकारले तुरुन्त समस्याको समाधान निकाल्नुपर्नेमा जोड दिएका थिए । समितिको अर्काे बैठक असोज ९ गते बिहान ८ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी