दशैमा बसको टिकट सात गतेदेखि खुल्ने , हवाई जहाजको सकियो

दशैमा बसको टिकट सात गतेदेखि खुल्ने , हवाई जहाजको सकियो

  • सोमवार, अशोज ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

राजधानीबाट दशैमा बसहरुबाट उपत्यका बाहिर घर जाने यात्रुहरुको संख्या लाखौं हुन्छ । साथै हवाई यात्राबाट पनि थुप्रै यात्रुहरु गन्तव्यमा जान्छन् ।
यसै सन्दर्भमा सरकारले आगामी असोज ७ गतेदेखि अग्रिम टिकट  बुकिङको व्यवस्था गरेको छ ।

बसको टिकट असोज सात गतेबाट खुल्ने भएको छ भने निजी हवाई जहाजहरुको टिकट लगभग बुकिङ सकेको बताईएको छ । नेपाल एयरलाईन्सले मात्रै ओपचारीक रुपमा बुकिङ खोलेको छैन ।

 यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबीच दसैंका लागि भनेर ७ गतेदेखि अग्रिम टिकट काट्ने व्यवस्थाबारेमा आइतबार निर्णय भएको छ ।

महासंघका महासचिव सरोज सिटौलाका अनुसार असोज ७ गतेदेखि काठमाडौंको गौशाला, नयाँ बसपार्क, कलंकी, कोटेश्वर, सुन्धारा, बानेश्वर, चाबहिललगायतका स्थानबाट अग्रिम टिकट काट्ने व्यवस्था गरिएको छ । यस्ता स्थानमा यातायात विभागले नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याउनेछ । यातायात व्यवसायीको शर्त मानेपछि असोज ७ गतेदेखि अग्रिम टिकट काट्ने व्यवस्था सम्बन्धी निर्णय भएको हो ।

सिटौलाका अनुसार मुग्लिङ्ग-नारायणघाट सडक खण्डको ३६ किलोमिटर खण्डमा भइरहेको सडक बिस्तारकाे काम दसैंलाई लक्ष्य गरी असोज १० देखि ३० गतेसम्म रोक्ने बिषयमा दुवै पक्षबीच सहमति भएको छ ।

यसैगरी कलंकी-नागढुङ्गा र नागढुङ्गादेखि नारायणघाट सडक खण्डमा भएका खाल्डा खुल्डी पनि पुर्ने बिषयमा सहमति भएको छ । त्यस्तै, अव्यवस्थित रुपमा रहेको रुट परमिटलाई पनि व्यवस्थित गरेर चाडपर्वको समयमा सवारी साधन सञ्चालन गर्ने बिषयमा सहमति भएको सिटौंलाले जानकारी दिए ।

विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार दसैंको समयमा यात्रुलाई ठगी हुनबाट जोगाउन विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्नुका साथै नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात कर्मचारी र मजदुरलगायतलाई स्वयम् सेवकको रुपमा परिचालन गरिनेछ । विभागले तोकेको भाडा दरमै टिकट काट्ने व्यवस्था गरेको छ ।

दसैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ । व्यवसायीले यात्रुको सुविधाका लागि आधुनिक सुविधा सम्पन्न बस थप्न तयारी गरेका छन् ।

सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन् । छोटो दूरीमा भने दुई सय गाडी थप्ने तयारी छ । फूलपातीदेखि अष्टमीसम्ममा दैनिक करिब चार लाख यात्रु उपत्यकाबाट बाहिरिने गर्छन् । दसैं अवधिमा करिब २६ लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी