युवराज मगरको एसपालिकै उत्कृष्ट सालैजो गीत “जिन्दगी”(भिडियो हेर्नुहोस)

युवराज मगरको एसपालिकै उत्कृष्ट सालैजो गीत “जिन्दगी”(भिडियो हेर्नुहोस)

  • शनिबार, अशोज १, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

कमल सरगम
असोज -काठमाण्डौ
तिर्शना म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक युबराज मगरको सालैजो गीत “जिन्दगि”बजारमा आएको छ।
बिगत लामो समय देखि लोकदोहोरी तथा सालैजो गीतहरुमा आफ्नो आवाज मिसाउदै आएका मगरले  हाल सम्म ६० भन्दा बढी गीतहरुमा आवाज दिएको र २ दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेको छ। दिन प्रतिदिन नयाँ नयाँ गीतहरु बाट बजारमा आउने  क्रममा रहेको बताउदै मगर भन्छन “मेरो सांगीतिक पाटोनै मेरो खुसि हो” ।
आधुनिक गीतहरुमा पनि संगीत/स्वर भर्ने गायक युबराज संगीतमा अब्बल मानिन्छन ।अहिले बजारमा आएको गीतमा युवराज मगर र सालैजो गीतहरुमा लामो समय देखि क्रियासिल बहुचर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङको आवाज रहेको छ भने युवराज मगरकै उत्कृष्ट  लय र शिब हमालको शब्द रहेको छ। थुप्रै सालैजो ,सोरठी ,आधुनिक गीतहरु रेकर्ड भैसकेको गायक युबराजले जानकारी दिए ।
प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा अभिनय पार्वती राइ ,प्रकाश भट्ट र  खेम गुरुङको रहेको छ। छायांकन भने करण चैसिरले गरेको छन ,भिडियोको सम्पादन बिष्णु शर्माले गरेको हो ।
अन्य धेरै गीतहरु छायांकन हुन लागेको बताउदै युबराज भन्छनदर्शक श्रोताको माग अनुसार गीतहरु बजारमा ल्याउने कोशिस जारि छ अब लगातार धेरै गीतहरु बजारमा आउदै छ, यो मौलिक सालैजो गीतलाइ पनि माया गर्नुहुनेछ ”जे होस् राम्रो सृजनाको सम्मान गर्नुपर्छ ।मौलिक सृजनालाई सम्मान गर्नु हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी