भोलीदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सुरु हुने

भोलीदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सुरु हुने

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ३१ भदौ ।
नजिकिदै गरेको चाड पर्वलाई लक्षित गर्दै भोलीदेखि उपत्यकाका विभिन्न स्थानमा ‘सुपथ मूल्यका बिक्री कक्ष’ सन्चालन हुने भएको छ ।

नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्तरुपमा बिक्री कक्ष सन्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी दिनुभयो ।

उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा बिक्री कक्ष राखिने खाद्य संस्थानले जनाएको छ । भोलीदेखि सुरु हुने बिक्री कक्ष आगामी कात्तिक २१ गते छठसम्म सन्चालन हुनेछ ।

ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार ६०० क्विन्टल, गहुँ ५०० क्विन्टल, सिमी २०० क्विन्टल र फापर २०० क्विन्टल बिक्रीका लागि राखिने र प्रत्येक सामानमा प्रतिकेजी रु पाँच छुट दिइने प्रवक्ता कार्कीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी