आगामी दुई वर्षभित्रमा लोडसेडिङ अन्त्य गर्नेछु : उर्जामन्त्री

आगामी दुई वर्षभित्रमा लोडसेडिङ अन्त्य गर्नेछु : उर्जामन्त्री

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ३१ भदौ ।
ऊर्जामन्त्री जनार्दन शर्माले आगामी २ वर्षभित्र मुलुकमा लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने घोषणा गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ३७ बुँदे प्रतिवद्धतापत्र मार्फत यस्तो घोषणा गर्नुभएको हो ।

आगामी दुईवर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा १ हजार ४५० मेगावाट बिजुली थप हुने र अहिले निर्माणाधीन आयोजनालाई द्रुतगतिमा निर्माण गरेर २ वर्षमा जसरी पनि लोडसेडिङ अन्त्य गर्ने उहाको भनाइ छ ।

राष्ट्रिय ऊर्जा संकट निवारण कार्यायोजनाका आधारमा अब आयोजनाका काम अघि बढ्ने भन्दै उहाँले २ वर्षभित्रमा नेपाल विद्युत प्राधिकरण र त्यसका सहायक कम्पनी मार्फत थप ८ सय ५० मेगावाट बिजुली उत्पादन हुने बताउनु भयो ।

लोडसेडिङ अन्त्य गर्न भारतबाट समेत ६०० मेगावाट बिजुली आयात गरिने योजना रहेको मन्त्री शर्माले बताउनु भयो । सम्मेलन मार्फत जलविद्युतमा नेपाली नागरिकको लगानी प्रवर्द्धन गर्न ‘नेपालको पानी. जनताको लगानी’ कार्यक्रम पनि घोषणा गर्नुभएको छ ।

मन्त्री शर्माले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा मिटर जडानका लागि अहिले भइरहेको ढिलाइलाई छिट्टै अन्त्य गरिने बताउनु भयो । उहाँले राष्ट्रिय प्रशारण निर्माण तथा मर्मत र निर्माणाधीनलाई छिटो गतिमा अघि बढाउने पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी