मलेसिया जाने कामदारको राहदानी पठाउन रोक

मलेसिया जाने कामदारको राहदानी पठाउन रोक

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, भदौ ३० ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा रोजगारीका लागि जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ ।

वान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएबापत आजदेखि थप दुई हजार ८ सय अतिरिक्त शुल्क कामदारबाट उठाउन थालिएकाले त्यो नरोकिएसम्म कामदारको राहदानी नपठाउन व्यवसायीलाई आग्रह गरिएको संघका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।

यसअघि, मलेसियाको प्रवेशाज्ञाका लागि ७०० मात्रै तिर्नुपर्नेमा दुई वर्षअघि भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र संकलन गर्ने भन्दै तीन हजार २ सय थप लिएर नेपालीबाट तीन हजार ९ सय असुलिरहेको थियो ।

सो रकममासमेत बृद्धि गरी आजदेखि कामदारबाट थप दुई हजार ८सय उठाउन थालिएकाले सो संस्थामा कामदारको राहदानी नपठाउने निर्णय गरिएको संघका महासचिव गुरुङले बताउनु भयो ।

महासचिव गुरुङले बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससी लगायतका नाममा कामदारमाथि वार्षिक करिब एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल ती संस्था बन्द गर्नुपर्ने संघको माग रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी