दिनेश थापाली डोली सरकार भन्छिन बेला बेलामा “बोलि नफेर”(भिडियो सहित)

दिनेश थापाली डोली सरकार भन्छिन बेला बेलामा “बोलि नफेर”(भिडियो सहित)

  • शनिबार, भदौ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कमल सरगम
भाद्र -२५ काठमाण्डौ ।
पछिल्लो पटक नेपाली लोक संगीतमा चर्चामा रहेका गायक तथा मोडल दिनेश थापाको लोक दोहोरी गीत “बोलि नफेर”बजारमा आएको छ ।गायन र अभिनय विधा फरक भए पनि दुवै विधामा उतिकै  सुहाउने मोडल तथा गायक दिनेश थापा अहिले निकै व्यस्त छन ।चर्चित लोकदोहोरी गायिका चन्द अर्याल र दिनेश थापाको आवाज रहेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।भोजपुरी गीतहरुमा अभिनयमा जमेकी भोजपुरी नायिका डोली सरकार भोजपुरी सिनेमा तिर निकै चर्चित नाम हो तर अहिले लोकदोहोरी गीतमा पनि अभिनयमा भित्रेकी डोलीले यस गीतमा दिनेशलाई साथ् दिएकी छिन ।उत्कृष्ट अभिनयमा तयार भएको यस गीतको म्यूजिक भिडियो दशैँ छेका पारेर बजारमा पठाईएको हो  ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बजारमा आएको गीतलाइ कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ  ।स्रोता दर्शकको धेरै माया पाउने आसा गरेका दिनेशले यो गीत अहिले म्यूजिक नेपालको युटुब च्यानलमा सार्बजनिक गरिएको हो ।दुर्गा पौडेलको छायांकनमा तयार भएको म्यूजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका हुन्  ।
भीडीयो हेर्न तल क्लिक गर्नुहोस  ।

https://www.youtube.com/watch?v=ybD0PHVBfLA

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी